Logo

शनिवार, कार्तिक १ गते २०८३

images

टिकटकका सीईओद्वारा राजीनामा

टिकटकका सीईओद्वारा राजीनामा

  • PNN Times
  • बिहिवार, भाद्र ११ २०७७


  • भदौ,११ । वासिङ्टन — टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् । मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए । महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।

    अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।
    डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा दरार आएको छ ।
    अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।
    विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ । #कान्तिपुरबाट

    बिहिवार, भाद्र ११ २०७७०२:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend