पौष २९, स्याङ्जा । कालिगण्डकी करिडोर समयमै निर्माण सम्पन्न गराउन गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्सालले आयोजनाको अनुगमन गर्नु भएको छ । लम्सालले कालीगण्डकी करिडोर आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारी सहति बिहिबार कोरिडोरको अनुगमन गर्नु भएको हो ।
लम्सालले स्याङ्जाको मिर्मी देखी पर्वतको फलेवास सम्म करिडोरको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा लम्सालले स्याङजा र पर्वतका नागरिकसंग भेट गरी उनिहरुको समस्याको बारेमा समेत बुझ्नु भएको छ । करिडोर निर्माणको क्रममा नागरिकले घर, गोठ, सिंचाई आदीमा परेको समस्याका बारेमा पूर्व मन्त्री लम्साल र आयोजना प्रमुखसंग गुनासो राखेका थिए ।

अनुगमनको क्रममा देखिएका नागरिकका समस्या तत्काल समाधान गर्न लम्सालले आयोजना प्रमुखलाई निर्देशन दिनु भएको छ ।
अनुगमन कै क्रममा लम्सालले कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिका जोड्ने आधिमोहन र कुर्घा र देवीसिथान जोडिनेलमाया खोलाको निर्माणाधीन पुल समयमै नबन्नुको कारण बारे आयोजना प्रमुखलाई ध्यान आकर्षण गराउनु भएको छ ।
सम्झौताभएको समय सकिनै लाग्दा पनि पुल नबन्दा नागरिकले समस्या भोग्नु परेको भन्दै लम्सालले पुलको काम समेत छिटो सम्पन्न गर्न अग्रहगर्नु भएको छ ।
दुबै पुलको काम १ महिनामा भित्र नै पुन सुरु गरिने आयोजना प्रमुख कल्पना अधिकारीले जानकारी दिनु भयो ।
उहाँले आधिमोहनमा बन्ने पुल मोटरेबल पुल नभई स्ट्रिल ट्रस्टको पुल बन्ने हुदा फिल्डमा काम नदेखिएक पनि कम्पनिमा काम भईरहेको बताउनु भयो ।