Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा अत्यावश्यक बाहेक अन्य सवारी साधनहरु एक हप्ता चल्न नपाउने 

पर्वतमा अत्यावश्यक बाहेक अन्य सवारी साधनहरु एक हप्ता चल्न नपाउने 

  • PNN Times
  • सोमवार, भाद्र १५ २०७७


  • पर्वतमा अत्यावश्यक बाहेक अन्य सवारी साधनहरु एक हप्ता चल्न नपाउने 


    भदौ,१५ । पर्वत । पर्वतमा अत्यावश्यक  बाहेक अन्य सवारी साधनहरु एक हप्ताको लागि सञ्चालन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालय पर्वतले भदौ १५ गते जारी गरेको सुचना अनुसार पर्वतमा सोमबार राति १२ बजे देखि लागु हुने गरी अत्यावश्यक बाहेका अन्य सवारी साधन सञ्चालनमा  रोक लगाएको हो ।

    images

    जिल्ला संकट व्यवस्थापन समन्वय समिति (डिसिसिएमसि) को भदौ १५ गते बसेको बैठकले कोरोना भाइरस रोकथामको लागि आवत जावत बन्द गर्ने निर्णय गरे संगै यो नियम लागु गरेको हो ।

    अन्य जिल्लाबाट आवत जावत धेरै भएको र कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावना भएका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको  छ । 

    साथै पर्वत जिल्ला प्रवेश गर्ने सबै सीमानाकाहरुमा समेत चेकजाँच कडा गर्ने प्रशासनले जनाएको छ ।

    सोमवार, भाद्र १५ २०७७०८:४२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend