फागुन १०, गण्डकी । मङ्गलबार जिल्ला समन्वय समिति स्याङ्जाले एक कार्यक्रम गर्यो । उक्त कार्यक्रम थियो-आ.व.२०७७/०७८ को अवधिमा स्याङ्जाका ११ वटा स्थानीय तह र सरकारी कार्यलयहरुले गरेको विकास निर्माणका कार्यहरु तथा विनियोजित बजेटको समिक्षा ।
कार्यक्रममा पूर्व मन्त्री पद्मा अर्याल,प्रदेश सांसद मोहन रेग्मी, मिन प्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाभरका स्थानीय पालिकाहरुका प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु र अन्य सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमको विषयसँग सरोकार राख्ने अन्यलाई भने खबर थिएन, अन्य उपस्थित थिएनन् ।
सरोकारवाला अन्यलाई खबर त थिएन नै देशको चौथो अङ्गको रुपमा लिइने जिल्लाका पत्रकारहरुलाई समेत खबर गरिएन । स्याङ्जाको विकास निर्माण,सामाजिक उत्तरदायित्व लगायतका विषयहरुमा अहोरात्र खटिएर नागरिकमाझ सुचना पुर्याउने जिल्लाका सञ्चारमाध्यम तथा पत्रकारहरुलाई खबर नगरिनुले सार्वजनिक महत्वका विषयमा सुचना लुकाउन खोजिएको प्रष्ट हुन्छ ।
पत्रकारले प्रतिपक्षको भुमिका निभाउने र कमिकमजोरीलाई बाहिर ल्याउने भएका कारण पनि सरकारी निकायले गर्ने कार्यक्रममा प्राय खबर नगर्ने पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्री कृष्ण सिग्देल बताउनु हुन्छ ।
जिल्लाभरका एघारवटा स्थानीय तहले प्रस्तुत गर्ने वार्षिक समिक्षा कार्यक्रममा उठेका विषय वस्तुहरुको कमि कमजोरी माथि पत्रकारहरुले विभिन्न संचार माध्ययमा उठान गर्दछन भनेर नै प्राय कार्यक्रमहरुमा खबर गरिदैन ।
आम नागरिकको सार्वजनिक विषय रहेको कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाले मात्र होईन जिल्ला भित्र रहेका अन्य सरकारी निकायले समेत पत्रकारहरुलाई खबर बोलाउन चाहान्नन ।
भिडियो