Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

  • PNN Times
  • बिहिवार, फाल्गुण १२ २०७८


  • काठमाडौँ — सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।  बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो ।

    प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।

    images

    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।

    बिहिवार, फाल्गुण १२ २०७८०२:१७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend