Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मौलाकालिका अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग

मौलाकालिका अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग

  • PNN Times
  • शनिवार, आश्विन १० २०८३


  • मौलाकालिका अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग

    चितवन, १०, असोज । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित परिवारलाई चितवनको मौलाकालिका अस्पताल प्रालिले रु. दुई लाख आर्थिक सहयोग गरेको छ। भरतपुर महानगरपालिका–११, बाइपास रोडमा रहेको अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
    अस्पतालका निर्देशक डा. रमेश घिमिरेका अनुसार बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भई धेरै परिवार संकटमा परेकाले उनीहरूको राहत तथा उद्धार कार्यमा टेवा पुऱ्याउने उद्देश्यले यो सहयोग गरिएको हो।
    "हामीले आफ्नो सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य सेवामा मात्र सीमित नराखी विपद्का बेला समुदायलाई साथ दिने नीति लिएका छौँ," डा. घिमिरेले भन्नुभयो, "यो साना सहयोगले पीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने अपेक्षा लिएका छौँ।"
    अस्पताल प्रशासनले विपद्‌मा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, संकटको यस कठिन घडीमा बाढीपीडित समुदायको साथमा रहेको प्रतिबद्धता समेत जनाएको छ।

    शनिवार, आश्विन १० २०८३०६:५४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend