स्याङ्जा, ०९ भदौ । स्याङ्जाको वालिङ नगरपालिकाले भदौ १० गते बुधबारका दिन नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको मिति २०८३।०५।०९ को निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवद्र्धक हजरत मोहम्मद सल्लाल्लाहु तआला अलैही वसल्लमको १५०१ औँ जन्मोत्सवको अवसरमा उक्त बिदा दिइएको हो।
नगर प्रमुख कृष्ण खाँणद्वारा जारी सूचना अनुसार उक्त दिन वालिङ नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय, सरकारी कार्यालय, संघ संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा रहनेछ।
