भदौ १८, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो ।
ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको उल्लेख छ।
मन्त्रालयका अनुसार चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो । हाल जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पहिलेभन्दा बढी भरपर्दो भएसँगै भोल्टेजसमेत सुधारिएको मन्त्रालयले जनाएको छ।