Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

  • PNN Times
  • शनिवार, फाल्गुण १४ २०७८


  • फागुन १४ , काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार साँझ छलफल हुन लागेको हो ।

    images

    अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनविना पारित हुन नहुने पक्षमा छन् ।

    यही विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावनासमेत बढेका बेला तीन नेता छलफलमा जुटेका हुन् ।

    शनिवार, फाल्गुण १४ २०७८०७:२८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend