Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई

एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । उनले एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सम्झौतामा आपत्ति जनाउनुपर्ने विषय केही पनि नभएको दाबी गरे । ‘एमसीसी सामान्य अनुदान थियो, तर हामीले यसरी कोट्यायौं कि यो कुहिएर गन्हाउने अवस्थामा पुगेको छ । हामीले गिजोलेर यसलाई विषाक्त गरिएको छ । हामी बोल्न डराइरहेका छौं, आफ्नै क्षेत्रमा जान डराइरहेका छौं,’ उनले भने, ‘तर यो सहयोग परियोजनाबाहेक केही पनि होइन ।’

    अध्यक्ष भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा समेत मागे । ‘जनताको सार्वभौम सत्ता प्रतिनिधिसभामार्फत् अभिव्यक्त हुन्छ । म दुःखका साथ भन्छु, गत ६ महिनादेखि प्रतिनिधिसभालाई जसरी बन्धक बनाएका छौं, यसले जनताको सार्वभौम अधिकारको अपमान भएको छ, म क्षमा माग्न चाहन्छु,’ उनले भने ।

    images

    उनले एमसीसीलाई बद्लिदो भू–राजनीतिको शिकार बनाउन खोजिएको भन्दै त्यसमा चनाखो हुन आवश्यक रहेको बताए ।

    आइतवार, फाल्गुण १५ २०७८०५:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend