Logo

आइतवार, कार्तिक २ गते २०८३

images

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • काठमाडौं - प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।

    सभामुख सापकोटाले अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए ।

    images

    उक्त प्रस्तावलाई संसदको बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए ।

    सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे ।

    साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।

    सैद्धान्तिक छलफलमा एमाले भीम रावलसहित सत्तारुढ गठबन्धनका सांसदहरुले पक्ष र विपक्षमा धारणा राखेका थिए । प्रतिपक्षी एमालेका सांसद भने बैठक अवधिभर उभिएर नाराबाजी गर्दै अवरोध गरिरहे ।  

    आइतवार, फाल्गुण १५ २०७८०६:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend