फागुन १५, स्याङ्जा । स्याङ्जाको वालिङमा अमेरिकी सहायता परियोजना एमसीसीका विरोधमा मसाल जुलुस निकालिएको छ । संसदमा एमसीसी पास गर्नको लागि बैठक जारी भईरको बेला एमसीसीको विरोधमा वालिङका युवाहरुले मसाल जुलुस निकालेका हुन ।
एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै युवाहरुले वालिङको मोडमा मसाल जुलुस निकालेका हुन् । एमसीसी विरुद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकाली वालिङ मोडमा विरोध सभा गरेका थिए ।

विरोध सभामा पत्रकार तथा युवा अगुवा प्रकाश डुम्रे,सुजन विश्वकर्मा,नमलाल डुम्रे,गणेश रावत क्षेत्री,तिलक अधिकारी,राजेश गैरे, युवा अगुवा प्रकाश डुम्रेले राष्ट्र र राष्ट्रियताका लागि पार्टी भन्दा माथि उठेर सडकमा आउन अनुरोध गरेका थिए ।
उनिहरुले एमसिसी पारित गर्न खोज्नेहरु राष्ट्रघाति भएको भन्दै एमसिसी पास भएमा देशमा ठुलो क्षति हुने बताएका थिए ।
(भिडियो)