Logo

आइतवार, कार्तिक २ गते २०८३

images

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी

  • PNN Times
  • सोमवार, फाल्गुण १६ २०७८


  • फागुन १६, काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँग अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ । एमसीसी अन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ ।

    एमसीसी अन्तर्गत पूर्वपश्चिम रोजमार्गको एउटा खण्डमा ‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधिहरू नेपालमा पहिलो पटक प्रयोग हुनेछ ।

    एमसीए नेपालका अनुसार सडकको खराब अवस्था, न्यून प्रभावशाली ढुवानी सेवा तथा अपर्याप्त सडकका कारण नेपालको व्यापार व्यवसायले उच्च लागत खर्च बेहोर्नु परिरहेको छ । नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त स्रोत उपलब्ध नभएर समस्या छ भने यसका लागि प्रयोग गरिने विधि पनि राम्रा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छैनन् ।

    त्यसैकारण अधिकांश सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, चर्किने, ढिस्को उठ्नेलगायत समस्या देखिन्छन् । यसको दोष सरकारले ठेकदार र ठेकदार सरकारमाथि लगाएर पन्छिने चलन छ ।

    सोमवार, फाल्गुण १६ २०७८०७:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend