Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

पार्टी फुट्दैन, एकबद्ध भएर अघि बढ्छ : नारायणकाजी श्रेष्ठ

पार्टी फुट्दैन, एकबद्ध भएर अघि बढ्छ : नारायणकाजी श्रेष्ठ

  • PNN Times
  • शुक्रवार, फाल्गुण २० २०७८


  • काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका छन्। एमसीसीका कारण पार्टी फुटको संघारमा रहेको बताइरहेका बेला नेता श्रेष्ठले यस्तो बताएका हुन्। 

    राष्ट्रियसभामा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र फरक मत राखिने तर यसलाई फुटको संज्ञा दिन नमिल्ने बताए। 

    images

    श्रेष्ठको भनाइ उद्धृत गर्दै नेता देव गुरुङले सञ्चारकर्मीहरुसँग भने, ‘नारायणकाजीज्यूले एमसीसी राष्ट्रिय हित प्रतिकूल छ भन्ने धारणा राख्नुभयो। पार्टीभित्र मतभेद् हुन्छ ती मतभेद्लाई समयक्रममा व्यवस्थापन गर्दै समझदारीमा पुग्नुपर्छ। पार्टी एकताबद्धमा कसैले पनि शंका नगरे हुन्छ। पार्टी एकबद्ध भएर अघि बढ्छ भनेर भन्नुभयो।’ 

    शुक्रवार, फाल्गुण २० २०७८०८:५६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend