फागुन २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिलासंघ वालिङ १४ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले अनेमसंघ वालिङ १४ को सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनबाट अखिल नेपाल महिलासंघ वालिङ १४ को अध्यक्षमा टिक देवी लुईटेल चयन हुनु भएको छ । सनिबार एक कार्यक्रम गरि लुईटेलको संयोजकत्वमा अखिल नेपाल महिलासंघ वाड कमिटी गठन गरिएको हो ।
लुईटेलको अध्यक्षमा ३५ सदस्यीय वाड कमिटी गठन गरिएको छ। संघको उपाध्यक्षमा शान्ति मिजार, सचिवमा जमुना चापागाई, सह–सचिव जमुना एसके र कोषाध्यक्षमा माया थापा चयन हुनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती स्याङ्जाका सदस्य सीता देवि डुम्रे, नेकपा एमाले जिल्ला कमिटि सदस्य खगिसरा थापा,अनन्त अर्याल, वालिङ नगरपालिका वडा नम्बर १४का वडा अध्यक्ष झम्मर बहादुर श्रेष्ठ,अखिल नेपाल महिलासंघ जिल्ला कमिटि सदस्य सिता पाण्डे डुम्रे लगायतले शुभकामना दिएका थिए ।
