Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु 

पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु 

  • PNN Times
  • शुक्रवार, चैत्र ४ २०७८


  • पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु 
    सांकेतिक तस्वीर

    चैत ४, पर्वत । पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थीत सेतिखोलामा पौडी खेल्न गएका महाशिला गाउँपालिकाका २१ वर्षिय सुनिल नेपालीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हुवासले जानकारी दिएको छ ।

    सुनिलसंगै पौडी खेल्न गएका उनका साथी अन्दाजी २१ वर्षीय युवराज नेपाली घाईते भएका छन । महाशिला गाउँपालिका बालकोट घर भएको उनिहरु भलिबल खेल्न पैयूँ आएको बेला पौडी खेल्ने गएको र पौडीन नजान्दा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ । 

    images

    दुबै जनालाई उपचारको लागि वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा पुर्याउदा सुनिललाई अस्पतालले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरिक्षक लाल बहादुर बिकले जानकारी दिनु भयो ।  
    पौडी खेल्ने क्रममा डुबेर घाईते भएको युवराजलाई गह्रौ प्राथमिक अस्पताल वालिङले पोखरा रिफर गरेको छ ।  घाईतेको स्वास्थ्यमा केही सुधार आएको समेत प्रहरी निरिक्षक बिकले जानकारी दिनुभयो ।  

    शुक्रवार, चैत्र ४ २०७८०५:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend