Logo

शनिवार, कार्तिक १ गते २०८३

images

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार -मुख्यमन्त्री नेपाली

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार -मुख्यमन्त्री नेपाली

  • PNN Times
  • आइतवार, चैत्र १३ २०७८


  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्रयाउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताउनुभयो ।

    धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा जोडदिनुभयो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको स्मरण गर्नुभयो ।’

    हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उहाँले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामनदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    आइतवार, चैत्र १३ २०७८०८:१०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend