Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सामाजिक सञ्जाल प्रयोग सम्वन्धी प्रशिक्षण

सामाजिक सञ्जाल प्रयोग सम्वन्धी प्रशिक्षण

  • PNN Times
  • बुधवार, बैशाख ७ २०७९


  • सामाजिक सञ्जाल प्रयोग सम्वन्धी प्रशिक्षण

    वैशाख ७,चापाकोट । नेकपा एमाले चापाकोट नगर कमिटीले  सामाजिक संजाल प्रयोग र लेखन शैली सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगरभित्र को १० वटै वडाका करिव एक सय युवाहरुलाई प्रशिक्षण गराइएको नेकपा एमाले चापाकोट नगर कमिटीका अध्यक्ष राजु कोइरालाले बताउनसभयो । 
    कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सरस्वती भट्टराईले पछिल्लो समय सामाजिक संजालको दुरूपयोग बढेको बताउनुभयो । व्यक्तिको मनगढन्ते र तथ्यहिन विषयबस्तुले समाजमा नकारात्मक असर पारेको भट्टराईको भनाई थियो ।  

    278895563_712520726449300_6183298884215875379_n.jpg

    images

    सामाजिक सञ्जालमा व्यक्तिगत आरोप लगाउने र नभएका विषयबस्तु हावी गराउने प्रवृत्ति बढ्दै गएको उहाँको भनाई थियो ।उक्त कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाका अध्यक्ष सुशील सुवेदीले र साइवर सर्कलका जिल्ला संयोजक राजु काफ्लेले गरेका थिए ।

    यस्तै दिपक बस्यालको संयोजकत्वमा १३ सदस्यिय  साइवर सर्कल चापाकोट कमिटी गठन गरिएको छ । 
    युवा संघ नेपाल चापाकोट नगरका अध्यक्ष चन्द्र खाम्चाको  अध्यक्षतामा भएको कार्यक्रमनेकपा एमाले चापाकोटनगर कमिटि सचिव राजु भट्टराईले संचालन गरेका थिए ।

    बुधवार, बैशाख ७ २०७९०७:४६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend