१२ वैशाख। ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा भने गठबन्धनमा निर्णायक भूमिका खेल्ने नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेका छन् ।
६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदको भागवण्डा गरेका सत्ता साझेदार दलका तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेकामध्ये काठमाडौं र भरतपुर महानगरपालिकाका मेयर र विराटनगर उपमहानगरपालिकाका उपमेयर गठबन्धनमा आबद्ध शीर्ष नेताहरुका पारिवारिक सदस्य हुन् ।
कांग्रेस नेताहरुका अनुसार पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । स्थानीय तह निर्वाचनका बेला देउवाले पार्टी महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिरेका छन् ।