Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !

शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !

  • PNN Times
  • शुक्रवार, बैशाख २३ २०७९


  • शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !

    २३ वैशाख। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरमा तत्कालीन एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    पाँचथरको तुम्वेबा गाउँपालिका-४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

    images
    गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको उनले बताए ।

     

    शुक्रवार, बैशाख २३ २०७९०२:१८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend