Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिका अन्तर्गत विद्यालयका एसइइ नतिजा सार्वजनिक, ४ जिपिए ल्याउनेमा नेपाल आदर्श

वालिङ नगरपालिका अन्तर्गत विद्यालयका एसइइ नतिजा सार्वजनिक, ४ जिपिए ल्याउनेमा नेपाल आदर्श

  • PNN Times
  • बुधवार, बैशाख ३० २०८३


  • वालिङ, ३० वैशाख ।
    स्याङ्जाको वालिङ नगरपालिका मातहतका विद्यालयका एसइइको नतिजा सार्वजनिक गरिएको छ । वालिङ नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ को नतिजा नगरपालिकाको शिक्षा शाखाले मङ्गलबार सार्वजनिक गरेको हो ।

    शिक्षा शाखाद्वारा सार्वजनिक नतिजा अनुसार नगरपालिका भित्र ३ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा वालिङ नगरपालिका भित्र ४ जिपिए ल्याउन सफल ३ जना विद्यार्थी नेपाल आदर्श माध्यमिक विद्यालयका रहेका छन् । नेपाल आदर्शमा कूल ६५ जनाले परीक्षा दिएका थिए भने सबै उत्तीर्ण भएका छन् । योसँगै नेपाल आदर्श मावि नगरभित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय भएको छ । 

    images

    नगरभित्र रहेका १६ वटा सामुदायिक विद्यालय मध्ये सर्वाेत्कृष्ट नतिजा ल्याउनेमा भूम्रे माध्यमिक विद्यालय रहेको छ । भूम्रे माविका १९ जनामा सबै उत्तीर्ण भएका छन् । यसैगरी पूर्णामृत भवानी माविका कूल ८२ जनाले परीक्षा दिएकामा ६९ जना उत्तीर्ण भएका छन् । यो सँगै परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्याको ८४.१४ प्रतिशत हुन आउँछ ।

    सामुदायिक विद्यालयहरुमा कमजोर नतिजा ल्याउनेमा माझकोट मावि रहेको छ । माझकोट माविका ८ जना मध्ये जम्मा २ जना मात्र उत्तीर्ण भएका छन् । यो परिणाम अनुसार जम्मा २५ प्रतिशत हुन आउँछ ।

    संस्थागत ११ विद्यालयहरुमा सत प्रतिशत नतिजा ल्याउन सफल हुनेहरुमा नेपाल आदर्शसँगै ४ वटा रहेका छन् । सत प्रतिशत उत्तीर्ण हुन सफल संस्थागत विद्यालयहरुमा नेपाल आदर्श मावि वालिङ–८, भूपू सैनिक शान्तिप्रिय अङ्ग्रेजी मावि वालिङ–१३ बायँटारी, साइनभिलेज अङ्ग्रेजी मावि वालिङ–८ र जीवन ज्योति अङ्ग्रेजी मावि वालिङ–१३ रहेका छन् । 

    वालिङ नगरपालिका भित्र रहेका विद्यालयहरुमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ को नतिजाले सामुदायिकको तुलनामा संस्थागत विद्यालयहरु अगाडि रहेको देखाएको छ ।

    SEE.jpegK.jpeg

    बुधवार, बैशाख ३० २०८३०८:४४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend