Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

वडावासीको माग अनुसारका युवा उम्मेदवार— भुर्तेल

वडावासीको माग अनुसारका युवा उम्मेदवार— भुर्तेल

  • PNN Times
  • आइतवार, बैशाख २५ २०७९


  • वडावासीको माग अनुसारका युवा उम्मेदवार— भुर्तेल

    २५ वैशाख , हुने बिरुवाको चिल्लो पात भने झैं सफल हुने व्यक्ति सानैदेखि सिर्जनशिल सोंच सहित क्रियाशिल देखिन्छन् । राजनीतिक दलहरुले यस पटकको स्थानीय निर्वाचनमा यस्तै युवाहरुको उम्मेदवारीलाई प्राथमिकता दिएको छ । आँफनो उम्मेदवारीपाएसँगै उत्साहकासाथ युवाहरु पनि आ—आफ्नो प्रचार प्रसारमा डटेर लागेका छन् ।

    यसैक्रममा पर्वतको पैयूँ गाउँपालिका वडा नम्वर ५को अध्यक्षमा नेकपा एमालेले जुझारु युवा निर्भिक नारायण भुर्तेलको उम्मेदवारी दिएको छ । आज समयको माग अनुसारको उम्मेदवार पाएको वडावासीले अनुभूत गरेका धेरैको मुखबाट सुन्ने गरिएको छ ।

    तीनवर्ष दुवइमा वैदेशिक श्रम गरेर फर्केका निर्भिक नारायण विगत पाँचवर्षदेखि पत्रकारिता मार्फत नागरिक सचेनामा क्रियाशिल रहे । त्यसो त दुवइमा रहँदा पनि पत्रकारितालाई पनि सँगै अगाडि बढाएका थिए । फर्केपछि पत्रकारितासँगै समाजसेवालाई आँफनो  धर्म सम्झेर अगाडि बढेका भुर्तेललाई अहिले गाउँ टोल र वडावासीका घर घरमा पुगी आँफनो पक्षमा मतमाग्न भ्याइ नभ्याई छ । त्यसो त वडाको नेतृत्व निर्भिकलाई दिनुपर्छ भन्ने चौतर्फी  माग भैसकेको छ ।

    स्थानीयतहमा आम नागरिकहरुमा दल भन्दापनि उमेदवारको दक्षतालाई महत्वदिने गर्दछन् । आँफू कुनै पद वा जिम्मेवारीमा नरहेकै बेला पनि एकिकृत वस्ती निर्माणमा लागेर धेरैको मन जितिसकेका निर्भिक नाम अनुसारकैरुपमा पहिचान बनाइसकेका छन् । आँफ्नै जग्गा दिएर एकिकृत वस्ती निर्माण सम्पन्न गरिसकेका भूर्तेल वडावासीले मात्र नभएर पालिकामै उदाहरणीय व्यक्तिकारुपमा चिनिन्छन् ।

    जस्तोसुकै सँघर्षसँग लड्न र अभावमा पनि हाँस्नसक्ने भूर्तेललाई राजनीतिक एक वैचारिक धारबाट गरिने नीतिको मूलधार हो भन्नेमा विश्वास छ ।

     राष्ट्रलाई सु–शासन सहितको कानूनी मार्गमा हिडाई समृद्ध देश बनाउनु पर्छ भनेर विकास निर्माणका मार्ग चित्रहरु कोरीहरेका निर्भिक गन्तव्यका लागि आँफ्नो वडाबाट यात्रा सुरु गरिरहेका छन् । समृद्ध राष्ट्र निर्माण बन्नु भनेको पहिला गरिबिको अन्त्य हुनु हो । त्यसैले निर्भीक अहिले घर जग्गा नभएका सुकुम्बासी जस्तै दलितहरुको लागि आफ्नै जमिन निःशुल्क दिएर घर समेत बनाई ४ घर हस्तान्तरण गरिसकेका छन् । अझै धेरै घर निर्माणधिन अवस्थामा छन । गफ गरेर होईन काम गरेर समृद्ध नेपाल बन्छ भन्ने सोंच छ निर्भिकमा । समाजवाद त्यतिकै आउदैन, समाजवाद आउन आँपूmसँंग भएको धेरै मध्ये केही गरिबलाई दिने र उनिहरु हाम्रो बराबर मा आएपछि मात्र समाजवाद आउछ भन्ने सोच छ ।

    लगनशिलताका साथ मजदुरी गरेका निर्भीक अहिले आफ्नै देशको माटोको चन्दन लगाएर, आफ्नै गाउँको धाराको पानी खाएर, आफ्नै जन्मभूमि समृद्ध बनाएर, भावी सन्ततिलाई समृद्ध नेपाल हस्तान्तरण गरेर, आफ्नै आमाको काखमा देह त्याग गर्ने लक्ष्य लिएर देश फर्केको निर्भीक एक निडर युवा हो । अन्याय नसहने एक आम सर्वसाधारण नेपाली नागरीक । त्यसैले उनि भष्टाचार, अत्याचार, अनियमितता, बलात्कार जस्ता अन्याय भएको ठाउँमा आवाज उठाउन विदेशबाटै शिरमा कफन बाधेर नेपाल फर्केको छन् । उनले पैसाले होइन, सक्छौ भने बैचारीकधारबाट जनताका माँझमा जाऔ र चुनाव लडौं भन्ने राजनीति गर्ने नेताहरुलाई चुनौति  दिईरहेको छ । भुर्तेलको जिन्दगीको एउटै सपना छ, राष्ट्रको लागि गर्ने र राष्ट्रको लागि मर्ने ।

    हो, यस्ता होनहार युवालाई नेतृत्व सुम्पियौं भने अवस्य हामीले सोंचेजस्तो परिवर्तन हुने विश्वास गर्न सकिन्छ ।

    आइतवार, बैशाख २५ २०७९०९:००:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend