Logo

आइतवार, कार्तिक २ गते २०८३

images

स्याङ्जाको सुरक्षा व्यवस्थामा कडाई

स्याङ्जाको सुरक्षा व्यवस्थामा कडाई

  • गोपाल जिटी
  • बुधवार, बैशाख २८ २०७९


  • स्याङ्जाको सुरक्षा व्यवस्थामा कडाई

    २८ वैशाख ,स्याङ्जा । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि स्याङ्जा जिल्लाको सुरक्षा अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी गराउनु भएको छ । बुधबार प्रेस चौतारी सम्वद्ध पत्रकारहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको सुरक्षा अवस्था चुस्त पारिएको बताउनु भएको हो ।

    निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सरकारको निर्देशन अनुसार सुरक्षाका सम्पूर्ण अङग परिचालन गरी व्यवस्थित पारिएको उहाँले उल्लेख गर्नुभयो ।

    शान्ति सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी ९ सय ६०, म्यादी प्रहरी १ हजार ६ सय २४, शसस्त्र प्रहरी ३ सय ३७, नेपाली सेना ३ सय ४७ र राष्ट्रिय अनुसन्धान १४ जना परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराउनुभयो । उहाँका अनुसार सम्पूर्ण मतदानकेन्द्रमा सुरक्षाकर्मी पुग्ने काम भैसकेको छ ।

    उहाँले जिल्लाका हरिनास गाउँपालिका, बिरुवा, कालिगण्डकी र चापाकोट नगरपालिकामा छिटपुट घटना हुने गरेका विगतका घटनाक्रमले देखाएको हुँदा यस पटक शान्तिपूर्णरुपमा निर्वाचन गराउनका लागि सुरक्षाका हिसावले विशेष निगरानी राखिने व्यक्त गर्नुभयो । यसका साथै अन्या पालिकाहरुमा पनि कुनै अप्रिय नहोस भनी सुरक्षाकर्मीको विशेष निगरानी रहने समेत प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गर्नुभयो ।

    बुधवार, बैशाख २८ २०७९०८:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend