जेष्ठ १,स्याङ्जा । स्याङ्जाको हरिनाश गाउँपालिकामा मतगणना सकिएको छ ।
एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार खिम नारायण मानन्धर विजयी भएका छन् । उनले नेपाली काँग्रेसका टोप बहादुर भुजेललाई ३७ मतले पराजित गरेका हुन् । मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी टोप बहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाएका हुन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै इन्द्रा कुमारी थापा राना विजयी बनेकी छन् । उनले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै विजयी भएकी हुन् ।
एमालेकी इन्द्रा कुमारी थााि रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी गिइन भने उनकी निकटतम प्रतिद्वन्दी मिठु लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् । हरिनाश गाउँपालिकामा एमालेले ४ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा नं. ३,४,६ र ७ गरी चारवटा वडाहरुमा एमालेबाट वडा अध्यक्षपदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा नं.१,२ र ५ गठबन्धनले जीतेको छ । हरिनाश गाउँपालिकामा १४ हजार ८ सय १९ जना मतदाता रहेकोमा ९ हजार ८ सय १३ जनाले मतदान गरेका थिए ।