९ जेठ, वालिङ । वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्ण खाँड र उप प्रमुख कविता तिवारी गैह«ेले पद वहाली गरेका छन् । परम्परागत वैदिक विधि अनुसार पूजापाठ सहित नगर प्रमुख खाँड र उप प्रमुख गैह«ेले सोमबार पद वहाली गरेका हुन् । पद बहाली गरेसंँगै नगर प्रमुख खाँडले स्वास्थ्य र ग्रामिण सडकलाई प्राथमिकता दिई नीतिगत निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
स्वास्थ्य सेवाको सम्वेदनशिलतालाई ध्यानमा राख्दै वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा एकवर्ष भित्र गर्भवती महिलाहरुका लागि सिजरिङ सेवा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सामान्य अवस्थामा पनि बच्चा जन्माउन समस्या हुने र अपरेसन गर्नुपर्ने महिलाहरु यो सेवाबाट लाभान्वित हुनसक्ने छन् ।
यसैगरी वालिङ १४ को अर्खलबासदेखि सिख्रेजाने र वालिङ १२ को डाँडाखर्कको ग्रामिण सडक विस्तार गर्ने नीतिगत निर्णयमा हस्ताक्षर गर्नुभयो । असहजका बावजुद यात्रागर्न वाध्य गाउँवासीहरु पटक पटक दुर्घटनाको सिकार हुनुपरेको छ । डाँडाखर्कमा गत वैशाख ४ गते जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको र ४ जना घाइते भएका थिए ।
यसैगरी वैशाख ३० गते निर्वाचनका दिन सिख्रे गाउँका मतदाता बोकेको जीप अर्खलबासमा दुर्घटना हुँदा गर्भवती महिला सहित १४ जनाको ज्यान गएको थियो ।
उक्त दुर्घटना ९ जना घाइते भएका थिए भने घाइतेहरुको उपचार भइरहेको छ ।आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका खाँडले नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका निवर्तमान प्रमुखसमेत रहनुभएका दिलीपप्रताप खाँडलाई भारी मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।