Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शिक्षा र संस्कारको विकास नै बालविकासको आधार हो –नगरप्रमुख खाँण 

शिक्षा र संस्कारको विकास नै बालविकासको आधार हो –नगरप्रमुख खाँण 

  • सन्देश भण्डारी
  • सोमवार, आषाढ ६ २०७९


  • शिक्षा र संस्कारको विकास नै बालविकासको आधार हो –नगरप्रमुख खाँण 

    असार ६,वालिङ । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बालबालिकामा शिक्षा सँगै संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ ।
    सोमबार वालिङ नगरपालिकामा आयोजित प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुको क्षमता विकास तालिमको उद्घाटन गर्दै नगरप्रमुख खाँणले प्रारम्भिक उमेरका बालबालिकामा संस्कारको ज्ञान दिन आवश्यक भएको बताउनुभएको हो ।

    1111.JPG
    उहाँले शिक्षा नै सभ्यताको जननी भएकोले बालबालिकामा संस्कार र सभ्यताको विकास हुने गरी शिक्षा प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रारम्भिक शिक्षा उमेरका बालबालिकामा किताबी ज्ञानभन्दा संस्कार,संस्कृति र सभ्यताको ज्ञान दिन आवश्यक रहेको हुँदा सहजकर्ताहरुले साँस्कारिक र व्यवहारिक ज्ञान दिन आग्रह गर्नुभयो । प्रारम्भिक बालविकास सहजकर्ताहरुको समस्या समाधानमा नगरपालिकाले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने बताउँदै नगरप्रमुख खाँणले परिमार्जित रुपमा बालमनोविज्ञानलाई बुझेर सिकाईको प्रक्रिया सञ्चालन गर्न सहजकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

    images

    rajan.JPG
    उहाँले बालविकास केन्द्रको सीप,ज्ञान तथा शिक्षा नै विद्यार्थी जीवनको पहिलो औपचारिक शिक्षार्जनको पाटो भएकोले प्रभावकारी  शिक्षण सिकाईको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वालिङ नगरपालिकाले बालविकास सहजकर्ताहरुको सेवा सुविधाको लागि स्याङ्जामा नै पहिलो पटक नीति तथा योजना बनाएर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहजकर्ताहरुको समस्यालाई बुझेर कार्यक्रम बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले सबै बालविकास केन्द्रहरुको शैक्षिक उपलब्धी सन्तोषजनक नहरेकोले आवश्यकता र उपलब्धीको मूल्याँङ्कन गरेर  आगामी दिनमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
    शिक्षा शाखको आयोजनामा १ दिनको लागि सञ्चालन भएको तालिममा वालिङ नगरपालिका भित्र रहेका ७२ वटा बालविकास केन्द्रहरुका सहजकर्ताहरु सहभागी थिए ।

    सोमवार, आषाढ ६ २०७९०३:५९:२२

    सन्देश भण्डारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend