Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा वालिङ नगरपालिकाद्वारा सुझाव सङ्कलन 

नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा वालिङ नगरपालिकाद्वारा सुझाव सङ्कलन 

  • सन्देश भण्डारी
  • मंगलवार, आषाढ ७ २०७९


  • नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा वालिङ नगरपालिकाद्वारा सुझाव सङ्कलन 

    असार ७,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को नीति तथा कार्यक्रमको विषयमा अन्तक्र्रिया सम्पन्न गरेको छ ।
    मङ्गलबार नगरसभाहलमा आयोजित कार्यक्रममा आ.व.२०७९/०८० को नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको सुझावहरु सङ्कलन गरिएको छ ।
    कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नागरिकहरुले उठाएका विषयमा नगरपालिकाले विशेष प्राथमिकताका साथ योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकहरुको रायबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल /टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरुमाझ जानकारी गराउन अनुरोध गर्नुभयो ।
    नगर विकासमा समग्र नगरबासी र जनप्रतिनिधिबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।उहाँले सीमित बजेटको परिधिमा रहेर नागरिकका धेरै कामहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले नगरको नीति तथा कार्यक्रममा नागरिकका आवश्यकतालाई समेट्ने प्रयास सदैव रहने विश्वास दिलाउनुभयो ।
    कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह«ेले नगरपालिको हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने बताउनुभयो । स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह«ेको भनाई छ ।वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । 
    नीति,कार्यक्रम तथा बजेट माथिको छलफल कार्यक्रममा नागरिकहरुले खानेपानी,ढल निकास,सडक स्तरोन्नती,फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् ।

    मंगलवार, आषाढ ७ २०७९०८:०७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend