Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण : अध्यक्ष मल्ल 

शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण : अध्यक्ष मल्ल 

  • मोहन सुनार
  • मंगलवार, आषाढ १४ २०७९


  • शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण : अध्यक्ष मल्ल 


    असार १४, पर्वत । पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु  भएको छ । उहाँले सो कुरा पैयूँ बहुमुखी क्याम्पसले आयोजना गरेको जनप्रतिधि सम्मान कार्यक्रममा आफ्नो धारण राख्दै बताउनु भएको हो ।

    पैयूँ गाउँपालिकाले शैक्षिक सुधारको निति लिएको छ अध्यक्ष मल्लले भन्नु भयो यसलाई सबै मिलेर सफल बनाउनु पर्ने छ । सामुदायिक क्याम्पस एंव विद्यालय बचाउने सुधार्ने जिम्मा शिक्षकको हातमा रहेको उहाँको भनाइ थियो । 

    images

    साथै कार्याक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले शिक्षामा सुधार नै पैयूँ सुधारको जग रहेको बताउनु भयो ।  उहाँले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने र पैयूँ समेत सबल बन्ने धारण व्यक्त गर्नु भयो ।. उपाध्यक्ष रानाले क्याम्पस एंव विद्यालयहरूलाई आवश्यक भौतिक पूर्वाधारहरु तयार पार्न गाउँपालिकाले समेत सहयोग गर्ने बताउनु भयो .। 

    कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित सात वटै वडाका वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो । 

    मंगलवार, आषाढ १४ २०७९०९:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend