Logo

आइतवार, कार्तिक २ गते २०८३

images

अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ: गगन थापा

अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ: गगन थापा

  • PNN Times
  • सोमवार, आषाढ २० २०७९


  • अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्।

    सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

    images

    शर्मा सम्बधमा संसद भित्र र बाहिर प्रश्नहरू उठेको भन्दै राजीनामा दिनुपर्ने बताए।  ‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ। 

    यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ,’ उनले भने।  स्वइच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल पदबाट हटाएर छानबिन गर्नुपर्ने बताए। 

    ‘कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ। र तत्काल छानबिन गर्नुपर्छ। हाम्रो आफ्नै कार्यविधि छ। हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभी फुटेज राख्ने कुरा भनिहाल्छ। त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ। यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन,’ उनले थपे,‘कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन।’

    यस्ता विषय उठिसकेपछि राजीनामा दिनु नै हितमा हुने उनले बताए। 

    ‘तत्काल उहाँले राजीनामा दिने। वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने। छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो। यो होइन रहेछ भन्नेकुरा थाहा भयो,’ उनले भने।  

    सोमवार, आषाढ २० २०७९०७:४५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend