Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विपद व्यवस्थापनको लागि पैयूँ ५ मा द्रुत प्रतिकार्य (RRT) टोली गठन

विपद व्यवस्थापनको लागि पैयूँ ५ मा द्रुत प्रतिकार्य (RRT) टोली गठन

  • मोहन सुनार
  • शनिवार, श्रावण ७ २०७९


  • विपद व्यवस्थापनको लागि पैयूँ ५ मा  द्रुत प्रतिकार्य (RRT) टोली गठन

    श्रावण ७, पर्वत । विपद व्यवस्थापनको लागि पर्वतको पैयुमा द्रुत प्रतिकार्य टोली गठन भएको छ । प्राकृतिक प्रकोप तथा विपदजन्यपरिस्थितिमा उद्धार,सहयोग लगायतका कार्य सम्पन्नताको लागि

    (वडा स्तरिय विपद व्यवस्थापन समिति) Rapid Response Team (RRT)  द्रुत प्रतिकार्य टोली गठन गरिएको हो ।

    images

    वर्षायाम लागेसङ्गै प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकोले द्रुत प्रतिकार्य टोलिको गठन गरिएको पैयु गाउँपालिका वडा नम्बरपाँचका वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनु भयो ।

    पहाडी क्षेत्रमा वर्षायाममा पहिरोको जोखिम र हिउदमा आगलागी जस्ता विपद बढी हुने भएकोले प्रकोपको जोखिम न्युनिकरणको लागिसचेतना,उद्धारका कार्य लगायतको कामको लागि टोली गठन गरिएको अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो ।

    उक्त टोलीले पैयूँ पाँच भित्र पर्ने हरेक किसिमका विपदमा सुरक्षा निकायसंग सहकार्य गरी काम गर्ने छ । पैयूँ पाँचबाट सुरु गरिएको योअभियान गाउँपालिका स्तरिय बनाउन समेत छलफल भईरहेको अध्यक्ष भुर्तेलले बताउनु भयो ।

    साथै प्रहरी र शसत्र प्रहरीसंग समन्वय  गरी जोखिम न्यूनीकरण तथा  उद्दारका कार्यका लागि तालिम प्रदान गर्ने वडाले जनाएको छ ।

    टोलि गठन गर्नु पूर्व ईलाका प्रहरीकार्यालय हुवासका प्रमुख प्रहरि निरीक्षक खगेन्द्र अधिकारीले यसबारे प्रशिक्षण दिनु भएको थियो ।

    983D3F03-0649-42E8-B1A3-C1E810F599D3.jpeg

    शनिवार, श्रावण ७ २०७९११:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend