श्रावण १५, पर्वत । पर्वतको पैयूँमा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ६ काहुँका २८ वर्षीय केशव बहादुर थापाको आईतबार बिहान करेण्ट लागेर मृत्यु भएको हो । थापाको करेण्ट लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि वालिङ स्थित अस्पतालमा पठाईएको छ । कुखुराको फारममा बल्ब परिर्वतन गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।