श्रावण १५, पर्वत । पर्वतको विहादी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा वडामा सामाजिक सुरक्षा भत्ता तथा स्वास्थ परिक्षण कार्यक्रम वडा नम्बर २ बराचौर बाट सुरुवात गरेको हो ।
गाउँपालिकाले प्रभु बैकको समन्वयमा सामाजिक सुरक्षा भत्ता विरण गरेको हो । पहिलो चरणमा १ सय ७४ जनाले सामाजिक सुरक्षा भत्ता बापत १९ लाख ४१ हजार रुपियाँ वडाबाटै प्राप्त गरेका छन भने १ सय ५९ जनाले स्वास्थ परिक्षण गरिएको छ ।
चुनावको बेला नागरिकसंग गरेका प्रतिबद्धताहरु पुरा गर्न आफुहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परिक्षण गरेको वहादी गाउपालिकाका अध्यक्ष प्रविन गुरुङले बताउनु भयो । उहाँले आफुहरुले सुरु गरेको कार्यलाई सफल बनाउन सहयोग गर्नुे प्रभु बैंक लगाएत सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।