श्रावण १७,पर्वत । पर्वतको पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले नागरिकको स्वास्थ्य अवस्था बारे बुझ्न घरमै पुग्नु भएको छ ।
उपाध्यक्ष रानाले अपाङ्गता भएका व्यक्तिहरु र अन्य समस्या भएर घरमै बस्नु पर्ने नागरिको घरमा पुग्ने र उनिहरुको समस्या र गुनासा सुन्नु भएको छ ।
हामीले स्वास्थ्य अवस्थाले गर्दा वडा र पालिकामा आएर आफ्ना कुरा भन्न नसक्ने नागरिकलाई भेटेर उनिहरुको गुनासा, समस्या र सुझाब बुझ्न घरमा नै पुग्ने गरेका छौ उपाध्यक्ष रानाले भन्नु भयो यसरी नागरिकलाई प्रत्यक्ष भेटेर कुरा सुन्दा पनि उहिरुमा खुसी मिल्ने गरेको छ ।
एहाँले कमजोर अवस्था भएका नागरिकलाई भेट्दा उनिहरुका तत्काल समाधान गर्न सकिने समस्या भए तत्कालै नभए पालिकामा छलफल गरेर भएपनि समस्याको समाधान गर्न आफुहरुले छलफल गरेर भए पनि समाधन गर्ने गरेको बताउनु भयो ।
