Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

  • PNN Times
  • बिहिवार, भाद्र ९ २०७९


  • काठमाडौँ - आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटका लागि छलफलमा छन् । गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्य नेताहरुको बैठक बिहीबार पनि बस्दैछ । अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी गठबन्धनको बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।  

    'सिट बाँडफाँटका विषयमा हामी औपचारिक र अनौपचारिक दुवै हिसावले छलफलमा छौं । हामीबीच मिलेर जानुपर्छ भन्ने मानसिकता बनिसकेको छ,' उनले भने, 'अब खाली सिटको कुरा मिल्न बाँकी हो । मिलेर जानुपर्छ भनेपछि सहमति नगर्नुको विकल्पै छैन ।'

    images

    गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो । तर कार्यदलले मात्रै त्यसबारे सहमति जुटाउन नसकेपछि हाल कार्यदलसहित शीर्ष नेताहरू नै त्यसबारे छलफलमा छन् ।

    यसअघि सोमबार र मंगलबार निरन्तर गठबन्धनको बैठक बसेको थियो । बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने भनिएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाहिर भएपछि बैठक स्थगित भएको थियो । 

    कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् । गठबन्धनमा सिटको बाँडफाँट गर्न सक्रिय भूमिका खेलिरहेका सिटौला बिरामी परेपछि सिट बाँडफाँटमा सहमति जुटाउन दलहरुलाई थप सकस परेको छ ।

    बिहिवार, भाद्र ९ २०७९०८:०२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend