Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा भू-उपयोग क्षेत्र वर्गिकरण बारे छलफल

पैयूँमा भू-उपयोग क्षेत्र वर्गिकरण बारे छलफल

  • PNN Times
  • बिहिवार, भाद्र ९ २०७९


  • पैयूँमा भू-उपयोग क्षेत्र वर्गिकरण बारे छलफल

    भदौ ९, पर्वत । पर्वतको पैयूँमा भू-उपयोग क्षेत्र वर्गिकरण बारे छलफल गरिएको छ ।  सरकारले भू-उपयोग नीति र ऐन ल्याएपछि ती नियमहरूलाई कार्यान्वयन गर्न पैयूँमा पनि भू–उपयोग क्षेत्र वर्गिकरण बारे छलफल गरिएको हो  । सरकारले आगामी मंसिर २३ गते सम्म कम्तिमा कृषि र गैर कृषि क्षेत्र छुट्याएर पठाउनु पर्ने सुचना जारि गरेको छ ।
    जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्नका निम्ति  स्थानीय भू-उपयोग परिषद्‌ले पैयूँमा छलफल  गरेको हो। 
    सरकारले जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण गरेको छ । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन्।

    भौगोलिक अवस्था, भूमिको क्षमता एवम् आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू-उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने छ। त्यस्तो विवरण तयार पार्दा वर्गीकृत जग्गामा हुन सक्ने विभिन्न खालका जोखिमको विश्लेषणसहितको नक्साङ्कन गरिएको हुनुपर्ने नियमावलीमा व्यवस्था छ। 

    images

    299807804_3226918954262404_3597730688911544465_n.jpg

    बिहिवार, भाद्र ९ २०७९०९:५४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend