Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ ३ मा वडा कार्यालयको भवन शिल्यान्यास

पैयूँ ३ मा वडा कार्यालयको भवन शिल्यान्यास

  • PNN Times
  • सोमवार, भाद्र १३ २०७९


  • पैयूँ ३ मा वडा कार्यालयको भवन शिल्यान्यास

    भदौ १३, पर्वत । पर्वको पैयूँ गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयको भवन शिल्यान्यास गरिएको छ । सोमबार विहान पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना र वडा नम्बर ३ का अध्यक्ष चन्द्र बहादुर थापाले शिल्यान्यास गर्नु भएको हो । 

    करिब ७० लाख को योजनामा निर्माण हुने उक्त वडा कार्यालय भवन अगामी चैत्र भित्रमा सम्पन्न हुनुपर्ने छ । शिल्यान्यास कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भवनको गुणस्तरमा कमि-कमजोरी नभई समयमै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नु भएको छ । 

    images

    अहिले वडा कार्यालय भाडाको घरबाट संचलान हुदै आएको छ । वडा कार्यालय बने पछि सो वडाका नागरिकले सहज रुपमा सेवा सुविधा पाउने छ । वडा कार्यालय तालिम हल सहितको बन्ने छ । 

    ward 31.jpg

    सोमवार, भाद्र १३ २०७९११:०२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend