मणी अर्याल
भदौ १४, वालिङ । सडक तथा बजार नै कुरुप हुनेगरी राखिएका विद्युत तथा केवुलतार व्यवस्थापन गर्न वालिङ नगरपालिकाले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
अबको एक महिनासम्ममा अव्यवस्थितरुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको नगर प्रमुख खाँडले बताउनुभयो ।
विजुली, केवुल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै विग्रन गएकाले यसको स्थाइरुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको वालिङ नगर प्रमुख खाँडले जानकारी गराउनुभयो ।
यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँडले बताउनुभयो ।
यसकासाथै अव्यवस्थितरुपमा गरिएका मोटरसाइकल पार्किङले मानिसहरुलाई हिड्नसमेत असहज भएकाले तत्काल व्यवस्थापन गरिने नगर प्रमुख खाँडले जानकारी गराउनुभयो ।