Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाजवादीसँग पार्टी एकता हुँदैछ-प्रचण्ड

समाजवादीसँग पार्टी एकता हुँदैछ-प्रचण्ड

  • PNN Times
  • शुक्रवार, भाद्र १७ २०७९


  • समाजवादीसँग पार्टी एकता हुँदैछ-प्रचण्ड
    भदौ १७, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए ।
     
    आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए । 
     
    प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि बताएका छन् ।

    शुक्रवार, भाद्र १७ २०७९१०:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend