Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा बाल दिवशको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

पैयूँमा बाल दिवशको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

  • PNN Times
  • बुधवार, भाद्र २९ २०७९


  • पैयूँमा बाल दिवशको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

    भदौ २९, पर्वत । पर्वतको पैयूँमा बाल दिवश मनाईएको छ । ५८ औँ राष्ट्रिय बालदिवशको अवसरको अवसरमा पैयूँ ५ मा अवस्थित क्यामुने माविले बाल दिवश मनाएको हो । बालदिवशको अवसर पारेर विद्यालयले वक्तृत्व कला एंव छात्रा वृत्ति वितरण गरेको छ । 

    “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ वक्तृत्व कला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कक्षा १० कि छात्रा अनिषा न्यौपाने प्रथम भएकी छन ।

    images

    त्यसै गरी कक्षा १० कै कुशल न्यौपाने द्वितीय, कक्षा ९ की प्रिती आले तृतीय र सान्तोना कक्षा ५ की खुसी तिवारी सान्तोना भएकी छन । 
    सोही अवसरमा विद्यालयले जेहेन्दार, गरिब, दलित र अपाङ्गता भएका गरि ४६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरेको छ । यता वडा नम्ब। ५ को देउराली आधारभूत विद्यालयले समेत वाल दिवश मनाएको छ । 

    बुधवार, भाद्र २९ २०७९०८:५७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend