Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शिक्षामा सुधार ल्याउन पैयूँमा शैक्षिक बहस

शिक्षामा सुधार ल्याउन पैयूँमा शैक्षिक बहस

  • PNN Times
  • सोमवार, आश्विन १० २०७९


  • शिक्षामा सुधार ल्याउन पैयूँमा शैक्षिक बहस

    पर्वत । अहिले सामुदायिक विद्यालयप्रतिको मोह दिनानुदिन घट्दो छ। अभिभावकको छनोटमा यी विद्यालय पर्न सकेका छैनन्। हुनेसम्म सबैले निजी विद्यालयमै भर्ना गर्न लगेका देखिन्छन्। अझ लाजलाग्दो कुरो त सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, राज्यकोषबाट तलब खाने कर्मचारी, जनप्रतिनिधि तथा राजनीतिक दलका नेता र कार्यकर्ता समेत सबैले निजी विद्यालय नै रोज्छन्।

    पर्वतको पैयूँमा पनि शिक्षामा पनि यस्तै अवस्था सिर्जना भए पछि अहिले शैक्षिक बहस सुरु भएको छ । शिक्षामा सुधार ल्याउन पैयूँ गाउँपालिकाले शैक्षिक अन्तरक्रिया गरिएको छ ।

    images

    पैयूँ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पैयूँ गाउँपालिकाका जनप्रतिनिहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका भित्रका २७ वटा विद्यालयबाट उपस्थित प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो विद्यालयका समस्या, गुनासा र सुधार गर्नु पर्ने सुझाब राख्नु भएको थियो ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले सामुदायिक विद्यालय सुधारको लागि गाउँपालिकाले नयाँ ठङ्गबाट काम गर्न , विद्यालयको अवस्था बुझ्न र सुझाब लिएर निति निर्माण बनाउन र सुधार ल्याउन यो कार्यक्रम  राखेको बताउनु भयो ।

    5ABFBFAD-FB12-461B-87EF-12098E5F8147.jpeg

    सामुदायिक विद्यालयमा जागिर खान र निजी विद्यालय केटाकेटी पढाउनका लागि भन्ने व्यवहार चरितार्थ भएकाले गाउँपालिकाको शिक्षा समितिले कर्मचारी र जनप्रतिनिधिले सामुदायिक विद्यालयमा अनिर्वाय पढाउनु पर्ने निर्णय गरेको बताउनु भयो ।

    साथै उहाँले व्यवहारमा सामुदायिक विद्यालयले विद्यार्थीका रुचि पत्ता लगाइ तिनको कुशलता अभिवृद्धि गर्ने कार्यमा जोड  आग्रह गर्नु भयो । 

    सोमवार, आश्विन १० २०७९११:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend