Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दशैंअघिको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से

दशैंअघिको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से

  • सन्दिप लुइटेल
  • बिहिवार, आश्विन १३ २०७९


  • दशैंअघिको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से

    १३ असोज । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंक (०.८९ प्रतिशत) ले गिरावट भएर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार तेस्रो दिन पनि बढेको हो । बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको छ ।

    नेप्से बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिंदैन । लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा पनि कारोबार रकम घटेको बजारका जानकारहरु बताउँछन् । चाडपर्वकै कारण लगानीकर्ता निष्क्रिय बन्दा खरिद र बिक्री अर्डर दुवै घटेको छ । जसले गर्दा कारोबार रकम पनि घटेको हो । बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

    images
    जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ४ करोड ८५ लाख ५० हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ९० लाख ८७ हजार र नेपाल दूरसञ्चार कम्पनीको २ करोड ६२ लाख ९६ हजारको कारोबार भएको छ ।

    बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयर मूल्य सवार्धिक ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    यस्तै गुराँस लघुवित्तको सेयर मूल्य ५.७६ प्रतिशत र समिट लघुवित्तको सेयर मूल्य ५.४० प्रतिशतले वृद्धि भएको छ ।

    सामलिङ पावर कम्पनीको सेयरमूल्य ७.९४ प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनको सेयर मूल्य ३.६९ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावरको ३.४९ प्रतिशतले बढेको छ ।

    बिहिवार, आश्विन १३ २०७९०४:१९:२७

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend