Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

  • PNN Times
  • शनिवार, आश्विन २२ २०७९


  • रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

    असोज २२, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

    एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । 

    images

    सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

    तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ । 

    शनिवार, आश्विन २२ २०७९०२:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend