Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जयरानीले जितिन् पाँचौं स्वर्ण

जयरानीले जितिन् पाँचौं स्वर्ण

  • PNN Times
  • बिहिवार, कार्तिक ३ २०७९


  • जयरानीले जितिन् पाँचौं स्वर्ण

    कात्तिक ३ , पोखरा । नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छिन् ।

    उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् ।

    images

    जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

    पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भइन् । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो ।  

    निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ ।

    सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ । 

    बिहिवार, कार्तिक ३ २०७९११:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend