Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकी डाइभर्सन हुन दिदैनौँः डा. बुद्धिमान श्रेष्ठ

कालीगण्डकी डाइभर्सन हुन दिदैनौँः डा. बुद्धिमान श्रेष्ठ

  • PNN Times
  • शनिवार, कार्तिक ५ २०७९


  • कालीगण्डकी डाइभर्सन हुन दिदैनौँः डा. बुद्धिमान श्रेष्ठ

    स्याङ्जा, ५ कात्तिक । नेकपा एमाले स्याङ्जा २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले कालीगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ । 

    स्याङ्जाको गल्याङ नगरपालिकामा ११ मा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै  एमाले नेता एवं स्याङ्जा २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले कालीगण्डकी सभ्यतालाई मास्न खोजिए पनि आफुहरुले त्यो सपना पुरा हुन नदिने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, “प्राकृतिक रुपमा बगिरहेको नदीलाई अन्यत्रै मोडेर आफ्नो सभ्यताको विनाश गरेर अर्को सभ्यताको विकास गर्न सकिदैन् । कालीगण्डकी नदी हाम्रो प्रणा हो ।”

    कालीगण्डकी डाइभर्सनको गर्नु हुँदैन् भनेर श्रेष्ठ शुरुवाती चरणदेखि लागिरहनु भएको छ । 

    शनिवार, कार्तिक ५ २०७९०८:२२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend