Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फलेवासको विकास मेरो प्राथमिकतामा रहने छ –उम्मेदवार बस्याल  

फलेवासको विकास मेरो प्राथमिकतामा रहने छ –उम्मेदवार बस्याल  

  • मोहन सुनार
  • बुधवार, कार्तिक २३ २०७९


  • फलेवासको विकास मेरो प्राथमिकतामा रहने छ –उम्मेदवार बस्याल  

    कार्तिक २३,पर्वत ।नेकपा एमालेको तर्फबाट पर्वत प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले फलेवासको विकासको लागि आफुले प्राथमिकताका साथ  काम गर्ने बताउनु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि  फलेवास नगरपालिकामा भएको चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै बस्यालले आफु निर्वाचित भएपछि फलेवासका समस्याहरुको हल गर्दै विकासलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । 

    313348633_1097945544230209_7556682179336562736_n.jpg
    बस्यालले नागरिकको समृद्धिको लागि नेकपा एमालेको सरकारले विगतका दिनमा पनि काम गरेको र आगामी दिनमा पनि तदारुकताका साथ काम गर्ने उल्लेख गर्नुभयो । 
    उहाँले भन्नुभयो–‘एमालेको सरकार हुँदा सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई आत्मसात गर्दै नागरिकको समृद्धिको लागि काम गरेको थियो र सदैव गरिरहनेछ ।’
    नागरिक घरदैलो कार्यक्रममा उम्मेद्वार बस्यालले स्थिर सरकारले मात्र राष्ट्रको हीतको लागि काम गर्न सक्ने बताउँदै नेकपा एमालेले मात्र  स्थिर सरकार निर्माण गर्न सक्ने उल्लेख गर्नुभयो ।उहाँले विगतका दिनहरुमा समेत आफु यो क्षेत्रको विकासको लागि लागि पर्दै आएको र आगामी दिनमा पनि काम गर्ने उद्घोष गर्नुभयो । 
    फलेवास भुगोलले पनि विकास गर्न सहज छ ,बस्यालले भन्नुभयो–‘यही भुगोललाई सदुपयोग गर्दै हामीेले विकासको खाका कोछौँँ ।’

    images

    314452512_1104584783526404_3032202106646509869_n.jpg
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पदम गिरीले जनताको सुख दुखको साथी नेकपा एमाले भएकाले एमालेका उम्मेद्वारहरुलाई अत्याधिक मतसहित विजयी गराउन आवश्यक रहेको औँल्याउनुभयो ।पर्वतको विकासमा आफु सदैब लागिपरेको स्मरण गर्दै गिरीले आगामी दिनमा पनि जनताको मतको कदर गर्दै जनभावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    बुधवार, कार्तिक २३ २०७९०७:०६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend