Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चुन्ने दिन मंसिर ४ मा स्याङ्जावासीले कसलाई विजयको माला पहिराउलान त ?

आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चुन्ने दिन मंसिर ४ मा स्याङ्जावासीले कसलाई विजयको माला पहिराउलान त ?

  • गोपाल जिटी
  • बुधवार, कार्तिक ३० २०७९


  • आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चुन्ने दिन मंसिर ४ मा स्याङ्जावासीले कसलाई विजयको माला पहिराउलान त ?

    कार्तिक ३०,२०७९ ।
    मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले देशभर तताएको छ । निर्वाचन आयोगले मंसिर १ गतेसम्मका लागि प्रचार प्रसार गर्न भनेको छ ।
    स्याङ्जामा ८ वटा दलसहित केही स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेसन पार्टी, जन समाजवादी पार्टी,  गरी ८ दलसहित स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् ।दुई निर्वाचन क्षेत्र र ४ प्रदेश गरी ६ पदका लागि जिल्लामा प्रतिष्पर्धा हुँदै छ । जति धेरै दल र उम्मेदवार भए पनि विशेषगरी नेकपा एमाले र नेपाली कांग्रेसका बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।क्षेत्र नम्वर १ मा नेकपा एमालेले नारायण मरासिनीलाई उम्मेदवार बनाएको छ । मरासिनी पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य तथा निवर्तमान सांसद हुनुहुन्छ । मरासिनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसले जिल्ला पार्टी सभापति तथा संविधानसभा सदस्य राजु थापालाई खडा गरेको छ । संविधानसभा र २०७४ को निर्वाचनमा पनि मरासिनी र थापाबीच नै प्रतिस्पर्धा भएको थियो । संविधानसभा निर्वाचनमा थोरै मतले पराजित हुनुभएका मरासिनी २०७४ को निर्वाचनमा १० हजार ५ सय ७४ को मतान्तरले विजयी हुनुभएको थियो । यसरी क्षेत्र नम्वर १ ले यी दुवै जनाको १÷१ कार्यकाल हेरिसकेका छन् । दुवै पार्टीले नयाँलाई ठाउँ नदिएर पुरानै अनुहार तेस्र्याएका छन् । जनताले दुईमध्ये कसलाई रोज्छन् भन्ने मंसिर ४ गतेकोे मतदानले फैसला गर्ने छ ।
    यो क्षेत्रको प्रदेश क मा गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादीकि अमृता थापा र एमालेका सीता सुन्दास प्रतिस्पर्धामा उत्रेका छन् । थापा पार्टीको केन्द्रीय पोलिट व्युरो सदस्य हुनुहुन्छ भने सुन्दास पार्टीको केन्द्रीय सदस्य, स्याङ्जा जिल्ला इन्चार्ज तथा जिल्ला समन्वय समितिकि पूर्व प्रमुख हुनुहुन्छ ।
    यो प्रदेशमा काङ्ग्रेसका तर्फबाट मेखलाल श्रेष्ठले पनि उम्मेदवारी दिनु भएको थियो । गठवन्धनको साझा उम्मेदवारीको मान्यता थापालाई दिने भएपछि श्रेष्ठ पछि हट्नु भएको हो ।
    यस्तै प्रदेश ख मा एमालेका   सुधिरकुमार पौडेल र काङ्ग्रेसका कुमार रानाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । पौडेल पार्टीको गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य तथा आँधिखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने राना पार्टीका निवर्तमान कार्यवाहक जिल्ला सभापति हुनुहुन्छ ।
     यसैगरी जिल्लाको क्षेत्र नम्वर २ मा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली काङ्ग्रेसका धनराज गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । अर्याल पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सचिव हुनुहुन्छ भने गुरुङ संविधानसभा सदस्य तथा पार्टीका उपसभापति हुनुहुन्छ । यी दुईको उम्मेदवारीलाई हेविवेट प्रतिस्पर्धाकारुपमा हेरिएको छ ।
    २०७४ को निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएकि अर्याल नेकपा एमालेले सरकार बनाएसँगै स्वास्थ्य र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । अर्याल मन्त्री भएका बेला आफ्नै स्रोत र साधनको प्रयोग गरेर पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत गुमेको भूमि समेटिएको नेपालको नक्साङ्कन गर्ने,स्वास्थ्य संस्था विस्तारका लागि एक पालिका एक अस्पताल, एक वडा एक स्वास्थ्य चौकि स्थापना गर्ने अभियान अन्तर्गत देशभरका पालिकाहरुमा एकैदिन शिलान्यास लगाएतका कामले चर्चा पाएको थियो । यसैगरी सिमा क्षेत्रमा हराएका स्तम्भ खोजविन तथा निर्माण र व्यक्तिहरुबाट ओगटिएका सार्वजनिक जग्गा सरकारको मातहत ल्याउने लगायतका कामले प्राथमिकता पाएको थियो ।
    अर्यालका प्रतिस्पर्धी कांग्रेसका उपसभापति गुरुङ निडर, स्पष्ट वक्ता तथा कुशल नेताकारुपमा चिनिनुहुन्छ । यसका साथै गुरुङले भ्रष्टाचार विरोधी नेताकारुपमा आँफूलाई उद्घोष गर्दै आउनु भएको छ ।
    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यो क्षेत्रमा टीकराज गुरुङको पनि उम्मेदवारी रहेको छ । लामो समय शिक्षण पेशामा रहेका गुरुङले पनि राम्रै मत पाउने चर्चा हुने गरेको छ । क्षेत्र नम्वर २ को प्रदेश क मा एमालेका मोहन रेग्मीसँगको प्रतिस्पर्धाका लागि काङ्ग्रेसले भोजराज अर्याललाई उभ्याएको छ । रेग्मी अघिल्लो कार्यकालका प्रदेश सांसद हुनुहुन्छ भने अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । यो क्षेत्रमा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले गठवन्धनका तर्फबाट उम्मेदवारी दिनु भएको थियो । आँफूलाई गठवन्धनका तर्फबाट आधिकारिक उम्मेदवारी रहेको भन्दै आउनुभएका भट्टराई अन्ततः केन्द्रीय निर्णय फेरिएर आएको भनी उम्मेदवारी निष्कृया पार्न वाद्य हुनुभयो । भट्टराईको उम्मेदवारी निष्कृयतासँगै अर्याललाई केही सहज भएको आँकलन गरिएको छ ।
    यस्तै प्रदेश ख मा एमालेका डा. बुद्धिमान श्रेष्ठसँग कांग्रेसका महेश भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठ पार्टीका गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हुनुहुन्छ भने भट्टराई पार्टीमा योे प्रदेशको सभापति हुनुहुन्छ ।स्याङ्जामा गठवन्धन मान्दैनौ, आफनै पार्टीका उम्मेदवारलाई जिताएर पठाउँछौ भन्दै आएको कांंग्रेसले क्षेत्र नम्वर १ को प्रदेश क मा भने माओवादीकी थापालाई गठवन्धनको आधिकारिक उम्मेदवार स्वीकार्न वाद्यभयो ।यसरी हेर्दा देशका विभिन्न जिल्लामा साझा उम्मेदवार खडा गरेपनि स्याङ्जामा गठवन्धनको प्रभाव कम देखिएको छ ।

    बुधवार, कार्तिक ३० २०७९०९:३९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend