Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रक्सी खाएर झगडा गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

रक्सी खाएर झगडा गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

  • PNN Times
  • बिहिवार, मंसिर १ २०७९


  • मंसिर १, नवलपरासी । नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन् ।

    नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    निर्वाचन सामग्री बुझ्नेक्रममा मादक पदार्थ सेवन गरेका उनले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

    ५६ वर्षिय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् । 

    बर्खास्त परेका मतदान अधिकृत चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । 

    बिहिवार, मंसिर १ २०७९०८:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend