Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पुनः मतदानका लागि निर्वाचन आयोगमा निवेदन

पुनः मतदानका लागि निर्वाचन आयोगमा निवेदन

  • गोपाल जिटी
  • आइतवार, मंसिर ४ २०७९


  • पुनः मतदानका लागि निर्वाचन आयोगमा निवेदन

    मंसिर ४, वालिङ ।
    स्याङ्जा क्षेत्र नम्वर २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । 
    चापाकोट नगरपालिकाका ३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा प्रतिनिधिले पुनः मतदानका लागि निवेदन दिएका हुन् । चापाकोटको वडा नम्वर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र ५ मा रहेको जनसक्रीय माध्यमिक विद्यालय चिदिपोखरीका मतदान केन्द्रमा  पुनः मतदानका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय वालिङले जनाएको छ । ती मतदान केन्द्रहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनधिकृतरुपमा बुथ कव्जामा लिई सबै मतदाताको नाममा मतदान गरिएको भनी पुनः मतदान गराउनका लागि नेकपा एमाले तर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा.बुद्धिमान श्रेष्ठ र प्रदेश ख का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ का अधिकृत रामचन्द्र शर्मापौडेलले उक्त निवेदनको निर्णय निर्वाचन आयोगले गर्ने भन्दै फरवार्ड गरिएको जानकारी गराउनुभयो ।  
    निवेदकहरुका अनुसार ती मतदान केन्द्रहरुमा अन्य उम्मेदवार र राजनीतिक पार्टीका समर्थक तथा प्रतिनिधिहरुलाई मतदान केन्द्रबाट जवरवस्त बाहिर निकाली एकलौटी मतदान गराइएको थियो । केही व्यक्तिहरुले सबै मतदाताको नाममा मतदान गराइए पछि त्यसो नगर्न अनुरोध गर्दा हुल हुज्जतगरी हामी र हाम्रा प्रतिनिधिलाई मतदान परिसरमा  जान नदिई एकलौटी गरेको निवेदनमा उल्लेख गरिएको छ ।
    निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्वर २ वालिङ र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जामा पुनः मतदानका लागि निवेदन दिएको प्रदेश ख का प्रतिनिधि खनालले जानकारी गराउनुभयो । 

    आइतवार, मंसिर ४ २०७९०९:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend