Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जा–२ मा पुनःमतदानको माग गर्दै निवेदन

स्याङ्जा–२ मा पुनःमतदानको माग गर्दै निवेदन

  • मोहन सुनार
  • सोमवार, मंसिर ५ २०७९


  • स्याङ्जा–२ मा पुनःमतदानको माग गर्दै निवेदन

    मंसिर ५,वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकामा अनाधिकृत मतदान भएको भन्दै गठबन्धन बाहेकका दलहरुले निर्वाचन आयोगलाई निवेदन दिएका छन् । चापाकोट नगरपालिकाको वडा नं.३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नं. ४ को रामन्दिर मा.वि.,दार्सिङ , वडा नं. ४ कै दिनदयालु आधारभूत विद्यालय,साठीमुरे केन्द्र तथा वडा नं.५को जनसक्रिय मा.वि.साठीमुरे केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगसँग पुनःनिर्वाचनको माग गरेका हुन् ।

    Application 1.jpg

    images

    Application 2.jpg

    Application 3.jpg
    मतदान स्थलमा अनाधिकृत रुपमा मतदान भएको खबर पाएर उम्मेद्वार लगायतका व्यक्तिहरु उपस्थित हुँदा अपशब्द र गाली गलौजसहित जीउ ज्यानको समेत खतरा हुने अवस्था सिर्जना  भएकोले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,स्वतन्त्र उम्मेद्वार,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुले निर्वाचन आयोगलाई निवेदन दिएका हुन् ।
    बुथ कब्जा भएको विषय निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत तथा सम्बन्धित मतदान अधिकृतहरुलाई जनाकारी सहित मतदान स्थगित गर्न माग सहितको निवेदन दिँदा पनि सुनुवाई नभएको पत्रमा उल्लेख छ ।
    स्याङ्जा जिल्लाभर ५७.८५ प्रतिशत मात्र मत खसेको अवस्थामा उक्त मतदान केन्द्रहरुमध्ये दिसिङकोट आधारभूत विद्यालयमा १६४१ मतदाता संख्यामा १५६० मत, राममन्दिर मा.वि.,दार्सिङमा १४६६ मतदाता संख्यामा १४३८ मत,दिनदयालु आधारभूत विद्यालयमा ४६९ मतदाता संख्यामा ४६० मत खसेकोले यी सबै अनाधिकृत रुपमा भएका मतदान रहेको निश्कर्षसहित पुनःनिर्वाचनको माग गरिएको निवेदनमा उल्ल्ेख छ ।
    त्यसै गरी जनसक्रिय आधारभूत विद्यालयमा ९९१ मतदाता संख्यामा अनाधिकृत रुपमा ८९२ मत खसालिएको पत्रमा जनाइएको छ ।


    सोमवार, मंसिर ५ २०७९०९:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend