Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले देशकै ठूलो दल बन्ने

नेकपा एमाले देशकै ठूलो दल बन्ने

  • गोपाल जिटी
  • सोमवार, मंसिर १२ २०७९


  • नेकपा एमाले देशकै ठूलो दल बन्ने

    मंसिर १२, वालिङ 
    यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ बाट नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) देशकै ठूलो दल बन्ने पक्का जस्तै भएको छ । प्रत्येक्षमा दोस्रो स्थानमा रहेको एमाले समानुपातिकमा पाएको मतभारका आधारमा देशकै ठूलो दल बन्ने अहिलेसम्म प्राप्त मतले देखाएको छ ।
    देशभरका १ सय ६५ मध्ये १ सय ५८ निर्वाचन क्षेत्रको मतगणना सकिदासम्म  एमालेले सबैभन्दा धेरै मत ल्याएको छ । उसले समानुपातिकमा २५ लाख ५० हजार ३ सय ७२ मत पाएको छ ।यस्तै दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसको समानुपातिकमा २४ लाख १५  हजार ८ सय ३४ मत छ । यसरी हेर्दा नेपाली काङ्ग्रेस भन्दा १ लाख ३४ हजार ५ सय ३८ मतले एमाले अगाडि छ ।निर्वाचन आयोगका अनुसार २०७४ को चुनावमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ पाउँदा काङ्ग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको थियो । ठूलो दल बनेको एमाले कांग्रेस भन्दा ४५ हजार १ सय ५ मतले अगाडि थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो ।यस पटक पनि तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रहेको छ भने चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । माओवादी केन्द्रले १० लाख ७८ हजार ४ सय ४८ ल्याउदा रास्वपाले १० लाख ६५ हजार ६ सय १२ मत पाएको छ । यी दुइ पार्टीको तेस्रो र चौथो स्थानमा तलमाथि भैरहेको छ । बाँकी ७ स्थानको गणना सकिएपछि मात्र यी दुई दल कुल तेस्रो र कुनको चौथो स्थान कायम हुन्छ भन्ने एकिन हुने देखिन्छ ।
    यसैगरी नेकपा एमालेबाट फुटेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता कायम गर्नै मुश्किल परेको देखिन्छ । उसले अहिलेसम्म २ लाख ५७ हजार ९ सय ७५ मत प्राप्त गरेको छ ।
    मतगणना सकिएका १ सय ५८ ठाउँमध्ये प्रत्येक्ष तर्फ कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७÷७ ठाउँमा  विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक÷एक ठाउँमा जितेका  छन् ।
    गठवन्धनका कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई यसले फाइदा भएको छ । उनीँहरुको जनस्तरमा सम्बन्ध खस्किसकेको सम्वन्धलाई मल्हम लगाउने काम गरेको छ । कांग्रेस सिट संख्याले ठूलो पार्टी देखिए पनि ठूलो सञ्जाल भएको पार्टीको नाताले बहुमतसम्म पनि पुग्न सकेन ।गठबन्धन नगरेको भए कार्यकर्तामा असन्तुष्टि हुँदैनथ्यो । धेरै कार्यकर्ताले टिकट पाउँथे र उम्मेदवार बन्थे ।
    असार १७ गतेमात्र निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका साथै एमाले र काङ्ग्रेसलाई समेत चुनौति दिएको छ ।विशेषगरी एमाले, कांग्रेसको आन्तरिक किचलो र असन्तुष्ट पक्षको आश्रयस्थल बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा तेस्रो स्थान ओगट्न कम्मर कसेको छ । उसका लागि चुनौति उत्तिकै छ । किनकि सांगठनिक संरचनाको आधार बनिसकेको छैन । प्राप्त जनमतलाई जोगाउनै सास्ती छ ।
    यसरी नयाँ सोंच र उर्जासहित युवापंक्तिबाट नेतृत्वको अभ्यास हुनु राम्रो कुरा हो । पुराना दलहरुका पुरानै सोंच र योजनाका सपनाबाट नागरिकहरुमा विश्वास कम हुदै गएका बेला नयाँ शक्तिको उदय हुँदा जनतामा आशा जाग्नु स्वभाविक मान्नुपर्छ ।विगतमा विवेकशिल साझा पार्टीले पनि यसैगरी चर्चा पाएको थियो । जनमत टिकाउन र सांगठनिक संरचना मजवुत गराउन नसक्दा जसरी उदायो, उसैगरी विलयको अवस्थामा पुग्यो ।


    सोमवार, मंसिर १२ २०७९०६:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend